काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।
घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।