त्रिविका क्याम्पसमा वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०९:१२ मा प्रकाशित

 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले वैशाख २२ गतेदेखि  जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा  सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।

अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने  सूचनामा जनाइएको छ ।