२३ मंसिर २०७९ शुक्रवारको राशिफल

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार ०७:१७ मा प्रकाशित

मेष । आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा नै होला ।

बृष । महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

मिथुन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कर्कट । आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

सिंह । आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

कन्या । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ ।

तुला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ नै रहला ।

बृश्चिक । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

धनु । आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

मकर । भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

कुम्भ । आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन । आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पनि पाइनेछ ।