२०७८ साल माघ ६ गते बिहिबार

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

न्युजलय ३० पुस २०७८, शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय राजनीतिक नेतृत्वमा संक्रमण बढ्दै गएपछि उनले पनि कोरोना परीक्षण गराएका थिए। उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन्।