धरान । धरानमा युवाहरूको दुई समूहबिच ग्याङ फाइट परेको छ । सो क्रममा खुकुरी प्रहार हुँदा तीन जना युवा घाइते भएका छन् ।
अमरहाट स्थित धरान १३ को वडा कार्यालय अगाडी सोमवार बिहान ग्याङ फाइट परेको र खुकुरी प्रहार हुँदा धरान १३ का २० वर्षीय सुजन गुरुङ, २३ वर्षीय सत्य सुन्दर मुखिया र २० वर्षीय रोशन लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले बताएका छन् ।
घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न धरान १३ का २८वर्षीय उत्तर राई पक्राउ परेका छन् । खुकुरी प्रहारमा संलग्न धरान १३ का सञ्जय लिम्बू सहित धरान १३ कै २४ वर्षीय नगेन बुढाथोकीको खोजी तीव्र बनाइएको बताइएको छ ।