मुग्लिन–नारायणगढ सडक खण्डको ठाउँ–ठाउँमा पहिरो

न्युजलय १७ साउन २०७९, मङ्गलबार ०२:१६ मा प्रकाशित

काठमाडौ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड ठप्प भएको छ । भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प भएको छ ।

यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ भने इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे–मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।  

पहिरोका कारण सडक अवरुद्ध भएपछि सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् । यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ ।