साउदी अरबमा २१ जना नेपाली अलपत्र

न्युजलय २७ चैत २०७८, आइतबार ०६:५२ मा प्रकाशित

साउदी । साउदी अरबमा २१ जना नेपाली अलपत्र परेका छन् । इन्टरनेशनल सामा एण्ड मेन्टेनस कम्पनीको लागि काम गर्न भनी नेपालको मार्स सर्भिस मेनपावरबाट पुगेका नेपालीहरु अलपत्र परेका हुन् । 


नेपालमा मेनपावरले  १०००.३०० सम्झौता गरेता पनि साउदी पुगेपछि सम्बन्धित कम्पनीले १०००.२००  गराएको र ३ महिनापछि पुन कम्पनीले ८००.२०० सम्झौता गर्न लागेपछि आफूहरु काम नगर्ने तथा स्वदेश फिर्ता हुने जानकारी दिएका उनीहरुले बताए। 


त्यस लगत्तै सम्बन्धित कम्पनीले २१ जना नेपालीलाई एक्जिट हानेर पासपोर्ट कम्पनीले नै राखेको छ। हालसम्म सहयोग र उद्धार हुन नसकेको उनीहरुको गुनासो छ। अलपत्र पर्नेमा सिन्धुलीका विष्णु वाईबा, सन्तोष पाख्रिन, अमृत पोख्रेल, राजु भुषाल, सर्लाहीका वीरबहादुर डोङ, दिपककुमार सिंह, काभ्रेका तुलरीन जिम्बा, जोन घलान, हेटौंडाका पर्वत घिसिङ, गोरखाका वुद्धीबहादुर गुरुङ, बैतडीका हरिस साउद, पदम साउद ,जनक मेहता, तनहुँका बलबहादुर थापा, टेकबहादुर आले, खेमबहादुर थापा, कास्कीका सागर राना भाट, सुवास बिक, विराट थापा, पर्वतका जनक लामिछाने, किरज कुँवर गरी २१  जना रहेका छन्।