चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको संकल्प अभियान

न्युजलय ३१ मङ्सिर २०८०, आइतबार ०७:२५ मा प्रकाशित

विराटनगर । पाँचथरको चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।

भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।