प्रधनमन्त्री देउवा जान लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित

न्युजलय २२ पुस २०७८, बिहिबार ०८:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जान लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । जसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जान लागेका थिए । 

कोरोना भाइसरको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भाइब्रेन्ट गुजरात समिट स्थगित भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उक्त समिट भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म हुने तय भएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीले जनवरी ९ तारेखदेखि भारत भ्रमणमा जाने निधो गरेको थियो ।