काठमाण्डौ । भारतको चेन्नाई शहरका विभिन्न १४३ स्थानमा भीषण बाढी आएको छ ।
बिहीबार साँझ परेको उच्च वर्षापछि शहरका १४३ स्थानमा भीषण बाढी आएको हो ।
पछिल्लो २४ घण्टामा सो क्षेत्रमा २० सेन्टिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ । भारी वर्षासँगै परेको चट्याङ र बाढिमा परि सो क्षेत्रमा हालसम्म ३ जनाले ज्यान गुमाइसकेको भारतीय मिडियामा उल्लेख छ ।
उच्च वर्षा शनिबारसम्म रहने हुँदा तामिलनाडुको चेन्नाई, कान्चीपुरम, थिरुभल्लुर र चेन्गालेपट्टु जिल्लालाई खतराको सूचीमा राखिएको त्यहाँको मौसम विभागले जनाएको छ ।
जसको कारण राज्य सरकारले सो क्षेत्रका सरकारी तथा नीजि कार्यालय, विद्यालय र कलेज शुक्रबार बन्दको घोषणा गरेको छ ।