इटहरी । महिला सिप विकास कार्यालय इटहरीले कोसी प्रदेशका ८ जना महिलाहरूलाई सम्मान गरेको छ ।
शनिवार सुनसरीको इटहरीमा कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याउने प्रतिभा वान महिलाहरूलाई विभिन्न अवार्डबाट सम्मानित गरेको हो ।
नवदेवी सम्मान कार्यक्रम मार्फत रिना घिमिरे, नजमुल खान, कुन्ती गुरुङ, कृष्णा अधिकारी, सुभद्रा प्याकुरेल, सीता श्रेष्ठ, गंगा गौतम, बालिका खड्का भटराई र झरना न्यौपानेलाई सम्मान गरिएको हो ।
घिमिरे, खान, गुरुङलाई क्रमशः अन्नपूर्ण, भगवती र भवानी अवार्डबाट सम्मानित गरिएको हो भने अधिकारी, प्याकुरेल र श्रेष्ठलाई दुर्गा, करुणा र लक्ष्मी अवार्डबाट सम्मानित गरिएको हो । यस्तै गौतमलाई महमाया, खड्कालाई सरस्वती र न्यौपानेलाई शक्ति अवार्डबाट सम्मान गरिएको हो ।
कोसी प्रदेशको विभिन्न जिल्लाका उनीहरूले आआफ्नो क्षेत्रबाट महिला शशत्तिकरणको माध्यमबाट योगदान पुर्याएको भन्दै सम्मान गरिएको महिला सीप विकास कार्यालयले जनाएको छ ।