पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०१:२७ मा प्रकाशित

काठमाडौं । नेपाल सुशासन पार्टीका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्।


बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नयाँ पार्टी ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। शुक्रबार (भोलि) दिउँसो ३ः३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताए। 


देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्। 

  

त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताए।