१२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच आज पनि वार्ता

न्युजलय २६ असोज २०८०, शुक्रबार ०२:१० मा प्रकाशित

काठमाडौं । १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्ता गर्ने भएको छ । 


बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण शुक्रबार पुनः वार्ता सारिएको हो । 


बिहीबारको वार्तामा सरकारी पक्षबाट संघीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको माग अनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारे सकारात्मक कुरा आएको स्थानीय तह कर्मचारी केन्द्रीय संर्ष समितिले जनाएको छ ।