काठमाडौ । फेसबुकबाट नग्न भिडियो बनाएर ब्ल्याकमेल गरी बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटनस्थित सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सुजनले बारम्बार भिडियो कल गरी संवेदनशील अङ्गहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए । पछि उनले स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिएको बताइएको छ ।
सुजनलाई पुस ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।