झापा । झापामा एक कैदीबन्दीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ का २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ।
आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झापा कारागारले जानकारी दिएको छ ।
लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल बिताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको थियो।