रुसमा एकैदिन थपिए १ लाख २४ हजार बढि संक्रमित, ६२१ जनाको मृत्यु

न्युजलय १७ माघ २०७८, सोमबार ०७:३३ मा प्रकाशित

काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जनामा कोरोना संक्रमण देखिएको छ। यस अवधिमा ६ सय २१ जनाको मृत्यु भएको छ।


साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले जनाएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो। सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ।