काठमाडौ । नेपालमा जापानी इन्सेफलाइटिस संक्रमण बढ्दै गएको छ । मकवानपुरमा तीन जनाको मृत्यु भएको खुलेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हो।
जिल्लामा डेंगीको प्रकोप पनि बढ्दो छ । अहिलेसम्म सात सय ५० जना डेंगी रोगीको पहिचान भएको छ । डेंगी संक्रमित गम्भीर बिरामीको काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।