सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनुवाइ हुँदै

न्युजलय १० भदौ २०८०, आइतबार ०७:०८ मा प्रकाशित

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।

आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।