काठमाडौं । सरकारले आइतबार(भोली) देखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको हो।
मन्त्रालयका अनुसार बालबालिकाहरुलाई पुस ४ देखि १४ गतेसम्म खोपको पहिलो मात्रा दिने भएको हो।
दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइनेछ। यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ।
मन्त्रालयले पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भइ बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेको छ।