बढ्यो सुनको मुल्य

न्युजलय ५ मङ्सिर २०८०, मङ्गलबार ११:३९ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।