काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ७८० जनाको पिसिआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित छन्।
२१५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।