विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
कांग्रेसबाट विद्रोह गरेर एमालेसँग मिलेर मुख्यमन्त्री बनेका केदार कार्कीले गठबन्धनका दुई जना मन्त्री नियुक्त गरेपछि असन्तुष्ट बनेको एमाले सरकारबाट बाहिरिएको हो ।
एमालेले चर्को दबाब दिए पनि मुख्यमन्त्री कार्कीले शुक्रबार गठबन्धनबाट माओवादीका एक र नेकपा एकीकृत समाजवादीका एक जना मन्त्री नियुक्त गरेका थिए ।
यसबाट असन्तुष्ट बनेको एमालेले आफ्ना मन्त्री राम रानामगरलाई पदबाट राजीनामा गर्न लगाएर सत्ताबाट बाहिरिएको हो। मन्त्री रानाले आज बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन् ।
एमालेले आफ्नो पार्टी र कांग्रेसको मात्र सरकार हुनुपर्ने अडान लिँदै आएको थियो। २७ असोजमा एमालेको समर्थनबाट कांग्रेस सांसद कार्की आफुसहित ७ जना सांसदहरुको सर्मथन लिएर मुख्यमन्त्री नियुक्त्त भएका थिए ।
उनले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार राप्रपाबाहेक अन्य सबै दलहरुबाट विश्वासको मत पनि लिइसकेका छन् ।