धनकुटा । अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ।
कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले अझ केही समय लाग्ने धनकुटाका प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम जाने सयौँ सवारीसाधन रोकिएका छन्।
लगातारको वर्षाको कारणले कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ।