पाँचथरमा बाढीमा बेपत्ता भएका दुई जनाको शव फेला

न्युजलय ४ असार २०८०, सोमबार ०६:५९ मा प्रकाशित

फिदिम । बाढीमा परी बेपत्ता भएका पाँचथरका दुई जनाको शव फेला परेको छ । हिलिहाङ गाँउपालिका–७ की एलिसा माझी र फिदिम नगरपालिका–१० का संजोग लिम्बूको शब फेला परेको प्रहरीले जनाएको छ । 

माझीको शव धनकुटाको छथर गाँउपालिका–४ तेलियास्थित तमोर नदीको किनामा फेला परेको हो । लिम्बूको शब तुम्बेवा गाँउपालिका–५ लोलिपा दोभान स्थित तमोर नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

माझी हिलिहाङ–७ माझिटारमा हेंवा खोला र तमोर नदीको दोभान नजिकै बोतल हाउस होटल सञ्चालन गर्दै आएकी थिइन् । लिम्बू फिदिम ११ स्थित माउण्टेल जलविद्युत् आयोजनामा सुरक्षा कार्डको रुपमा कार्यरत थिए । 

बाढीमा बेपत्ता भएका दुइ जनाको शव फेला परेसँगै पाँचथरमा बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बाढीमा परी बेपत्ता भएका पाँच जनामध्ये तीन जना अझै बेपत्ता छन् ।