लाइबेरियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

न्युजलय ७ माघ २०७८, शुक्रबार ०७:२९ मा प्रकाशित

काठमाडौं । लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ ।


बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले जनाएका छन् ।


भागदौडमा थुप्रै घाईते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्रिस्चियन प्रार्थना सभामा मारिनेहरूमा बालबालिका पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


भागदौडको कारण भने खुल्न सकेको छैन । यद्यपी, केही मानिस हातहतियार बोकेर प्राथना गरिरहेका माथि आक्रमण गर्न थालेपछि भागदौड मच्चीएको बताइएको छ । त्यसमध्यका एक जनालाई पक्राउ गरिएको छ ।


अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र मुलुक लाइबेरियामा पछिल्ला वर्षमा हिंसात्मक गतिविधि गराउने गिरोहको संख्या बढ्दै गएको छ।