सीटीईभीटीका रोकिएका परीक्षा फागनु ६ गतेदेखि हुने

न्युजलय १९ माघ २०७८, बुधबार ०१:५० मा प्रकाशित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।


स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।