काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३ सय ५२ संक्रमित थपिएका छन् । यसअघि मंगलबार नेपालमा १० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका थिए ।
यस्तै पछिल्लो २४ घन्टामा ४ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो अहिलेसम्म नेपालमा एकै दिन भेटिएका सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित हुन् ।