काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ ।
पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो ।
थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदन व्यक्त गरेका छन् ।