एनसेल टावरमा कुकर बम विस्फोट

न्युजलय २९ चैत २०८०, बिहिबार ०६:२५ मा प्रकाशित

काठमाडौँ । सिन्धुलीमा रहेको एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ ।

कमलामाई नगरपालिका–४ मा रहेको एनसेलको टावरमा बुधबार राति बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण अहिले त्यस आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

घटनास्थल वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिए पनि घटनाको कसैले जिम्मा लिएको छैन । घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरील जनाएको छ ।