प्रदेश २ को नाम ‘मधेश’ पारित

न्युजलय ४ माघ २०७८, मङ्गलबार १२:११ मा प्रकाशित

जनकपुरधाम । प्रदेश २ ले बल्ल आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ को ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।


प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।


१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।


साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।