काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुङलाई मंगलबार(आज) बिहान पक्राउ गरेको बताइएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई जालझेल गरी हिनामिना गर्न गुरुङले मुख्य भूमिका निर्वाह गरेको अनुसन्धानले देखाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ सहित १७५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनी विशेष अदालतको आदेश अनुसार रु।दुई करोड धरौटीमा रिहा भएका थिए।