काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।
यस्तै सरकारले अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई माघ २ र १४ गते बुस्टर डोज लगाउने समेत तयारी गरिरहेको छ । पछिल्लो साता नेपादमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ ।