कांग्रेस महामन्त्रीमा गगन, प्रदीप र विश्वप्रकाशबीच भिडन्त

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०१:२६ मा प्रकाशित

काठमाडौं । कांग्रेसको महामन्त्रीको लागि युवा नेताहरू गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच भिडन्त हुने भएको छ ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले प्रदीप पौडेललाई महामन्त्रीमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा गगन सिटौलाकै समूहबाट महामन्त्रीमा उठेर पराजित भएका थिए । यसपटक गुट फेर्दै उनी पौडेल पक्षबाट महामन्त्रीको उम्मदेवार बन्दैछन् ।

यस अघि प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको अवधारणा सार्वजनिक गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तर, देउवा पक्षबाट महामन्त्रीमा पौडेललाई अघि सारेपछि शर्मा टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना कम देखिएको छ । तर, शर्माले पनि महामन्त्रीमा आफू लडेरै छोड्ने अडान लिइरहेका छन् । यस्तोमा त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।