विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा) बाट आज (बिहीबार) विश्वासको मत लिँदै छन्।
नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ। तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन्।
सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
सहयात्री दलले सरकार छाडेपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।