बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

न्युजलय ९ माघ २०७८, आइतबार ०२:०३ मा प्रकाशित

काठमाडौं । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । 

हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । 

यूके हेल्थ सेक्युरिटी एजेन्सीले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।

नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ ।