उदयपुर । उदयपुरबाट २ नाल भरुवा बन्दुकसहित प्रहरीले एकजना लाई पक्राउ गरेको छ। शनिबार बेलका नगरपालिका–४ आनन्दटोलका ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।