काठमाण्डौ । भारतमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ९ सय २० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या चार करोड २७ लाख ८० हजार ३ सय १५ जना पुगेका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ६६ हजार २ सय ५४ जना सक्रमणमुक्त भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ ।
भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म पाँच लाख १० हजार ९ सय जनाको ज्यान गइसकेको छ ।