हर्क साम्पाङले ‘गफाडी’ को संज्ञा दिएपछि मन्त्री सुदन किरातीले फर्काए जवाफ

न्युजलय ७ असार २०८०, बिहिबार ०६:१४ मा प्रकाशित

धरान । धरान  उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले ‘गफाडी’ को संज्ञा दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रमाणसहित जवाफ फर्काएका छन् ।  

मेयर साम्पाङले आज बिहान श्रम–संस्कृति पदमार्ग निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै मन्त्री किरातीलाई ‘गफाडी’ भनेका थिए । 

उनको स्टाटसपछि मन्त्री किरातीले आफूले गरेको वाचा गरेको आयोजना निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका छन् । 

‘फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुन त हामीले १ करोड ५० लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला ।’