आजको सुनको भाउ

न्युजलय ११ असार २०८१, मङ्गलबार १२:२६ मा प्रकाशित

 काठमाडौँ । आज सुन हिजोकै भाउमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।