काठमाडौँ । नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्।
बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्।
प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो।
दोस्रो चरणको निर्वाचनमा २०२५ मत खसेको थियो।