काठमाडौं । अमेरिकी सरकारले उपलब्ध गराएको कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार उपलब्ध खोपहरू विद्यालय जाने विद्यार्थीहरूका लागि प्राथमिकतामा राखिनेछ ।
विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड–१९ बाट सुरक्षित राख्नको लागि १२–१७ उमेर समूहको यो खोपले महत्वपूर्ण भूमिका खेल्ने दूताबासले जनाएको छ ।
उपलब्ध खोप शुक्रबार विहान टेकुमा भण्डारणका लागि लगिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ । यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो।