विराटनगर । विराटनगर–१२ स्थित पाञ्चालिमा एक महिला मृत भेटिएकी छन् ।
महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि शनिबार बिहान एक महिला मृत फेला परेकी हुन् ।
मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर रहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृतक महिलाको माइती सुनसरीको चक्रघट्टी रहेको छ ।
उनी विराटनगर बसापार्कमा बस्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।