भारतीय बिजुलीको अधिकतम मूल्य प्रतियुनिट भारु १२ कायम

न्युजलय १९ चैत २०७८, शनिवार ०९:०३ मा प्रकाशित

काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ ।

भारतको ‘डे अहेड’ प्रणालीबाट इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा खरदिविक्री हुने विद्युत्‌को अधिकतम मूल्य सीमा प्रतियुनिट भारु १२ रुपैयाँ तोकिएको छ ।अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैया भारु सम्म मात्रै बिजुली खरीदविक्री हुने छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको यस्तो निर्णयपछि अब भारतबाट भारु १२ सम्म बोलकबोल गरेर विद्युत् खरीद गर्न पाउने छ ।आईईएक्समार्फत  खरीदविक्री हुने बिजुलीको मूल्य घटेसँगै प्राधिकरणलाई पनि राहत हुने छ ।

नेपालले ‘डे अहेड मार्केट’बाट बिजुली खरीद गर्दै आएको छ । उक्त आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई घटाएर भारु १२ मा झारेको हो ।