काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापा जादैछन्। उनी पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बिर्तामोडमा स्थापना गरेको सालिक अनावरणका लागि उनको भ्रमण तय भएको जनाईएको छ ।
पूर्व राजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन्।
पूर्व राजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।