काठमाडौँ । बुधबार(आज) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ।