दमक । भैँसीमा गुडिरहेको मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको र उनको उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।