यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ६ असोज २०७९, बिहिबार ०१:२७ मा प्रकाशित

काठमाडौँ । आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आँकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।