यस वर्ष हिमाल आरोहणका क्रममा ४ जनाको मृत्यु

न्युजलय ५ जेठ २०७९, बिहिबार ०२:२८ मा प्रकाशित

काठमाडौं । यस वर्ष हिमाल आरोहणका क्रममा ४ जनाको मृत्यु भएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार सगरमाथामा एक नेपाली सहयोगी र एक विदशी आरोहीको मृत्यु भएको छ ।


त्यस्तै कञ्चनजंघामा एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको मृत्यु भएको छ । उनीहरुको मृत्युबारे विस्तृत विवरण आइनसकेको उपाध्यायले बताए । यद्यपि संख्यात्मक हिसाबले यसवर्ष विगतमा भन्दा कम मानवीय क्षति भएको हो ।

  

उनका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ । केही टोली काठमाडौं फर्किएर पर्यटन विभागमा ब्रिफिङसमेत सकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् ।