कोशीमा कांग्रेसलाई समर्थन गरेको एमालेले गर्यो पाँच मन्त्रालयमा दाबी

न्युजलय ३० असोज २०८०, मङ्गलबार ०९:२७ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री केदार शर्मालाई समर्थन गरेको एमालेले पाँच वटा मन्त्रालय माग गरेको छ ।


मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै कांग्रेसबाट शमशेर राई र एमालेबाट राम राना मन्त्री नियुक्त गरिसकेका छन् । नौ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले पाँच वटा मन्त्रालय माग गरेको हो । 


सरकारमा आफूहरूको पाँचवटा मन्त्रालयमा दाबी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । 


मुख्यमन्त्रीको व्यस्तताका कारण एमाले सँग मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुन सकेन । बुधबार मन्त्रालय बाँडफाँटबारे  छलफल गर्ने तयारी रहेको छ । 


भोलि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । कार्की आफ्नो दलका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।