आजको सुनको मूल्य

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ११:३१ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यमा मंगलबार(आज) कुनै परिवर्तन भएको छैन। 

सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार उही मूल्यमा कारोबार भएको हो।  आज पनि छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने १५ रुपैयाँले सस्तो भएको छ। सोमबार १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको चाँदी १ हजार ३ सय ८० रुपैयाँमा झरेको हो।